बुधबार, बैशाख १९, २०८१

खड्काले करोडौं रुपैयाँ चलखेल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको खुलासा

काठमाडौं  असोज २२ , नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलखेल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ ।
खड्काले नेपाल आयल निगमकै ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली–२०७३’को धज्जी उडाउँदै मोटो रकम लिएर ६३ वटा ट्यांकरलाई अनुमति दिएका छन् ।
इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै कार्यकारी निर्देशक खड्कालाई बर्खास्त गरेपछि उनी पदमा रहँदा गरेका बदमासी एकपछि अर्को सार्वजनिक हुन थालेकोअवर आजको नागरिकमा छापिएको छ ।

खड्काको बर्खास्तपछि निगमका कार्मचारीले उनका अनियमितता एकपछि अर्को सार्वजनिक गरेका हुन । विनियमावलीमा ट्यांकर सञ्चालन गर्न आवश्यक भए सार्वजनिक सूचना जारी गरेर आवेदन लिनुपर्ने कानुनी व्यवस्था भए पनि खड्काले सूचना नै ननिकाली अनुमति दिएका हुन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30