बिहिबार, चैत्र १५, २०८०

पूर्व गृह राज्यमन्त्री कँडेलले भने-वाम एकता भनेको अस्थाई दरबन्दी

 नेपालगञ्जअसोज २२.  नेपाली काँग्रेसका नेता एवंम् पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले नेपाली काँग्रेस सँग डराएर कम्युनिष्टघटकवीच बाम एकता भएको दाबी गर्नुभएको छ । शनिबार बाके क्षेत्र नं.१ मा स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधीका लागि पार्टीद्धारा आयोजीत सम्मान तथा प्रशिक्षण समारोहमा बोल्दै नेता कँडेलले यस्तो दाबी गर्नुभएको हो ।

पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका कँडेलले काँग्रेसको जनलहर देखेर अत्तालिएका बाम घटक विरुद्ध लोकतन्त्रबादी शक्ती एक भई बाम गठबन्धनलाइ परराष्ट गर्नु पर्ने बताउँनु भएको थियो ।    त्यस अवसरमा नेता कँडेलले कम्युनिष्ट पार्टी बाम एकतालाई अस्थाई दरबन्दीको संज्ञा दिदै नेता कण्डेलले सो एकता धैरै लामो नजाने दाबा गर्नुभएको छ । सबै लोकतन्त्रबादी  शक्ति एक भएर आशन्न प्रदेश र संघ निर्वाचनमा लोकतन्त्रवादी शक्तीलाई थप मजवुद बनाउनुपर्ने जिकिर गर्नुभयो ।

 क्षेत्रीय सभापति माधब ढकालको सभाअध्यक्ष तथा यम बहादुर खड्कका संयोजक रहेको सो कार्यक्रममा पत्रकार महासंघका पुर्व अध्यक्ष धमेन्द्र झा , महेश दाहाल लगायतले नवनिर्वाचित जनप्रतिनिधीलाई प्रशिक्षण दिनुभएको थियो ।