बिहिबार, बैशाख २०, २०८१

ओली र प्रचण्ड नेतृत्वको बाम गठबन्धनको हनिमुन: चार दिनका चाँदनी

 चुनाव पछि बाम गठबन्धनको नाममा बुरुकबुरुक बन्दै कुर्लिरहेका एमालेले प्रचण्डको नयाँरुप देख्ने

काठमाडौ कार्तिक ७,  एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको बाम गठबन्धनको हनिमुन चार दिनका चाँदनी भन्दा पर नजाने संकेत देखिन थालेका छन । अहिलेको बनेको बाम गडबन्धनको वलमा बहुमत ल्याएर ५ वर्षे स्थिर शासन गर्ने एमालेले डंका पिटिरहेको बेलामा प्रचण्डले ठिक त्यसको विपरित चुनावपछि मेरै नेतृत्वमा सरकार बन्छ भनेर दिदै आएको अभिव्यक्तिलाइ बुझ्ने हो भने वाम गठबन्धनका नेता प्रचण्डको एकता एकीकरण केवल नियोजित मात्र नभएर आफैमा तुसारापात हुने प्राय निश्चित देखिएको छ ।

यसबारेमा विश्लेषकहरु भन्छन प्रचण्ड भन्दा चतुर र राजनीतिक खेलाडी अर्को छैन । मंसिर १० र २१ को चुनाव सकिएपछि माओवादी केन्द्र वाम गठबन्धनको धागो चुडालेर आफ्नो बाटो लाग्ने तैयारी गर्न थालिसकेको छ ।  प्रचण्ड निकट स्रोतका अनुसार  माओवादी केन्द्रले एमालेसंग चुनाव र जितको सुनिश्चितताका लागि मात्र  सूर्यचिन्ह स्वीकार्दै  चुनावी तालमेलमात्र गरेको   र  पार्टी एकता वा एकीकरण केवल नाटकमात्र भएको  बताएका  छन ।    त्यस्तै  एमालेसंगको तालमेलमा ३५ सिट जित्ने र पहाडबाट १० सिट हात पार्दै     केवल प्रचण्डको राष्ट्रपति बन्ने मार्ग प्रसस्त गर्नक गर्ने दाउ भनौ या  योजनाको उपज अनुरुप  माओवादीकेन्द्रले कांग्रेससंगको सम्बन्ध तोड्दै   वाम गठबन्धनको  अवधारणा  कार्यान्वयमा   ल्याएको दावी समेत गरेका छन ।

प्रचण्ड भनेको समयलार्इ बुझ्ने र आफ्नो प्रतिकुलतालाइ पनि अनुकुलतालाइ रुपान्तरण गर्न सक्ने खुवी भएको नेताका रुपमा चिनिन्छन् । यहीकारणले उनको जिब्रा कति छन्, कसैले ठम्याउनै सक्दैनन् । चुनावपछि प्रचण्डको अर्को रुप देखिने दावी गर्दै चुनाव पछि बाम गठबन्धनको नाममा बुरुकबुरुक बन्दै कुर्लिरहेका एमालेले प्रचण्डको नयाँरुप देख्ने बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30