बिहिबार, चैत्र १५, २०८०

श्रीमानको हत्या गरेको अभियोगमा जेठी श्रीमती पक्राउ

 भक्तपुर कार्तिक ७,  कोठामा थुनेर आगो लगाई श्रीमानको हत्या गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले एक महिलालाई पक्राउ गरेको छ ।  सोमबार राति मध्यपुरथिमि नगरपालिका–६ पुराना ठिमीस्थित मैयाँ बुढाथोकीका घरमा डेरामा बस्दै आएका सिन्धुपाल्चोक घर भएका ४० वर्षीय विदुर नेपालको दुइ श्रीमती मध्ये जेठी श्रीमती गीताले श्रीमान सुतेको र कान्छी श्रीमती माइती गएको मौका पारी कोठामा आगो लगाइ श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिषर भक्तपुरलाइ उदृत गर्दै प्राप्त समाचारमा आफूलार्ई बेवास्ता गरेको र कान्छी श्रीमतीलाई सुखसयलले राखेको आक्रोसमा जेठी श्रीमती गीताले कोठामा आगो लगाइदिँदा सोही आगामा परेर उहाँको मृत्यु भएको अनुसन्धानबाट खुलेको उल्लेख गरिएको छ ।  श्रीमानका हत्यारा गीतालाई पक्राउ गरी थिमि प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीमा परिसख्त घाइते भएका नेपालको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ रहेको छ ।