शुक्रबार, जेष्ठ ४, २०८१

कुनै व्यक्ति १२ वर्षसम्म बेपत्ता भए “मृत” घोषित गर्न सकिने प्रावधान

काठमाडौ आश्विन २९, मुलुकको प्रस्तावित देवानी कानुनको मस्यौदामा कुनै व्यक्ति १२ वर्षसम्म बेपत्ता भए मृत घोषित गर्न सकिने प्रावधान राखिएको छ । कुनै व्यक्ति १२ वर्षसम्म बेपत्ता भएमा वा सुचना पाउनुपर्ने व्यक्तिले १२ वर्षदेखि व्यक्तिका बारेमा कुनै सुचना नपाएमा मृत्यु भएको मानिने व्यवस्था गरिएको हो । देवानी कानुनको संसोधन र एकीकरण गर्न बनेको विधेयकमा images-1केही विशेष अवस्थामा भने बेपत्ता भएको व्यक्तिलाई १२ वर्षभन्दा कम उमेरमै मृत घोषणा गर्न सकिने व्यवस्था छ । आजको कान्तिपुरमा खबर छापिएको छ ।
असी वर्ष उमेर पुरा भएको व्यक्ति भए ५ वर्षमा, युद्धस्थलमा खटिएके व्यक्ति भए युद्ध सकिएको चारवर्षमा र दुर्घटना भएको वायुयान, पानीजहाज या अन्य सवारी साधन भए दुर्घटना भएको तीन वर्षमा मृत्यु भएको मानिने छ,’ संसदको विधायन समितिले तयार पारेको विधेयकमा उल्लेख छ । कुनै व्यक्तिको दुर्घटनामा परि मृत्यु भएमा र अर्को व्इक्ति जीवित फेला नपरेमा उसलाई समेत मृत घोषणा गर्नसक्ने व्यवस्थाको प्रस्ताव छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2016
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930