आइतवार, जेष्ठ ६, २०८१

काठमाडौं ५ मा जारी मतगणना काँग्रेसद्दारा वहिष्कार

काठमाडौ मंसिर २३,  प्रतिनिधिसभा र प्रदेशसभा पहिलो र दोस्रो चरणमा भएका निर्वाचनका परिणामहरु धमाधम आउने क्रम जारी रहेको छ । यसैवीच काठमाडौं ५ मा जारी मतगणना काँग्रेसद्दारा वहिष्कार गरेको समाचार प्राप्त भएको छ ।   काठमाडौं ५ मा वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेसका प्रकाशशरण महत र साझा विवकशील पार्टीका उज्वल थापा प्रतिस्पर्धामा रहेका छन् ।
कांग्रेसले नारायणस्थन सत्तल क र विष्णुपादुकका मन्दिर क मा मत बढी भेटिएको र  गुठीघर सत्तल क, युनिर्भसल ख, सरस्वती मावि टोखाको ख मतदान केन्द्रमा निर्वाचना अधिकृतले हस्ताक्षर नै नगरेको मतपत्र भेटिएको भन्दै काँग्रेसले मतगणना वहिष्कार गर्दै पुन मतगणानको माग गरेको हो ।