काठमाडौं कार्तिक २७, पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधनप्रति विश्व हिन्दू महासंघ अन्र्तराष्ट्रियले स्तब्ध भएको जनाउँदै उहाँको आत्माको चीरशान्तिको कामना सहित शोक संतप्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गरेको छ ।
महासंघका मार्ग दर्शक तथा अध्यक्ष जनरल भरतकेशर सिंहले आज पूर्व प्रम विष्टका सुपुत्र विनोद विष्टलाइ पठाउनु भएको शोक सन्देसमा हिन्दू अधिराज्यको कट्रर हिमायती, नैतिकवान राष्टसेवक व्यक्तित्वलाइ गुमाउँनु पर्दाको क्षण आफैमा पिडावोधक भएको उल्लेख गरिएको छ । त्यस्तै सन्देसमा महासंघको रजत जययन्ती मुल समाहरो समितिको अध्यक्षका रुपमा गर्नु भएको अतुलनिय योगदान आफैमा अविष्मरणीय रहेको उल्लेख गरिएको छ ।