सोमवार, बैशाख ३१, २०८१

६५ हजारभन्दा बढी सिलिन्डर गुणस्तरहीन

काठमाडौं श्रावण ३०, आम नेपाली उपभोक्ता माझ चलनचल्तीमा रहेको खाना पकाउने एलपिजी ग्यासको  ६५ हजारभन्दा बढी  सिलिन्डर गुणस्तरहीन रहेको फेला परेको  खवर आजको कान्तिपुर दैनिकले छापेको छ । जुन सिलिन्डर बजारमा रहेका सिलिन्डरमध्येको करिब १० प्रतिशतको सख्या रहेको खवरमा उल्लेख गरिएको छ ।  त्यस्तै खवरमा ‘ग्यास Captureउद्योगको निरीक्षण क्रममा १० प्रतिशतभन्दा बढी सिलिन्डर गुणस्तरहीन फेला परेको हो,’ गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनीले भने,‘मूख्य समस्या पुराना ग्यास उद्योगमा छ।’

२०२६ मा नेपाल ग्यास उद्योग प्रालि स्थापना भएपछि अहिले ग्यास उद्योग संख्या बढेर ५३ पुगेको छ। तीमध्ये दुई चार ग्यास उद्योग बाहेकले गाुणस्तरमा ध्यान नदिएको उनले बताए। सिलिन्डरभित्र लेदो जमेको, हाइड्रोलिक टेस्ट नभएका, कुच्चिएका, फुटरिङ लगायतका कैफियत देखिएका हुन्।  कम गुणस्तरका सिलिन्डर बिक्री गरेर उद्योगीले सर्वसाधारणलाई जोखिममा पारेको उपभोक्ताको भनाइ छ। गुणस्तरहीन रेगुलेटर पाइप र समयमै हाइड्रोलिङ टेस्ट नुहँदा ग्यास फर्कने, ग्यास लिक भई आगो लाग्ने जस्ता घटना हुँदै आएका छन्।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031