प्रम दाहालले गठबन्धन फेरेर जन प्रतिवद्धतामाथि कुठाराघात गरेको काँग्रेसको आरोप

 काठमाडौं फागुन २४ ,

आजको संसद बैठकमा संसद सदस्यहरुले उठान गर्नुभएको प्रश्नको जवाफ दिन सभामुखले गरेको रूलिङ्ग अनुसार जवाफ दिने क्रममा माओवादी र नेपाली काँग्रेस ससंगको तत्कालीन सत्ता समिकरण परिवर्तन गर्नुपर्नाको विषयमा दिनुभएको अभिव्यक्ति लगायतका विषयसंगै प्रत्यारोपका विषयमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले निकै मार्मिक् एवम् प्रष्टरुपमा प्रतिउत्तर दिदै काँग्रेसको धारणा सार्वजनिक गर्नुभएको छ ।

त्यस्तै सचेत्तक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक इमान गुमाएको आरोप लगाएका छन् । साथै प्रम दाहालले गठबन्धन फेरेर जनतासँग गरेका प्रतिवद्धताहरुमा माथि कुठाराघात गरेको आरोपसंगै केही मन्त्रीहरुको काँधमा कमजोरी थुपारेर आफ्नो कमजोरी लुक्छ भन्ने नसोच्न आग्रह समेत गर्नुभएको छ।

साथै सरकारको काम प्रभावकारी भएन, संक्रमणकालीन न्यायले टुंगो पाएन, त्यसकारण गठबन्धन भत्कियो, त्यसको जिम्मा कांग्रेसले लिनुपर्ने ? हो भन्दै उनले प्रश्नसमेत गरे । उनले संक्रमणकालीन न्यायको विधेयक कांग्रेसका कारण नरोकिएको पनि स्पष्ट पारे ।

‘संक्रमणकालीन न्यायको विधेयक कसले रोकेको हो ? नेपाली कांग्रेसले ? अनि तपाईंले यही कुरा लेखेर हस्ताक्षर गर्नुभयो भनेपछि नेपाली कांग्रेसप्रति न्याय गर्नुभयो । विश्वास, इमान गर्नुभयो र यो गठबन्धन निर्माण गर्नुपर्ने कुरा पुष्टि गर्नुभयो । यस बारेमा कांग्रेसले प्रश्न सोध्न पाउँदैन । कसले रोक्यो रु इतिहासतिर फर्किएर हेरौँ । वर्तमान हेरौँ । भोलि पनि मिलेर जान सकिन्छ । सकिएला । तर सत्य डग्मगायो भने इमान हुँदैन ।’ उनले भने ।

त्यस्तै प्रमुख सचेतक लेखकले कांग्रेस जस्तो धोका दिएका राजनीतिक दलहरु एक ठाउँमा आए नेकपा माओवादी केन्द्र के होला भन्ने हेक्का राख्न चेतावनी दिदै प्रधानमन्त्रीले कुनै मन्त्रीले काम गरेन वा काम गर्न दिएन भनेर भाग्न नपाइँने बताउनुभयो । प्रधानमन्त्री देश र सरकारको नेता हो । समग्र कामको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने भन्दै सचेत्तक लेखकले हिन्दु धर्मको विषय नेपाली कांग्रेसको आधिकारीक एजेन्डा नभएको र महासमिति बैठकमा प्रस्तुत एजेन्दामा छलफल भएर पारित नभएको जनाउसंगै कांग्रेसले महासमितिमा विभिन्न विषयमा छलफल गर्ने क्रममा कांग्रेसले निर्वाचन पूर्व गठबन्धन गर्ने कि नगर्ने भनेर छलफल गर्दै गर्दा गठबन्धन भत्काउनु पर्ने हो भन्ने प्रश्न समेत गर्नुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2024
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31