मङ्लबार, जेष्ठ १, २०८१

शुक्रबार देखि नेपाल उड, फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना हुदै

 काठमाडौं पुस १८,

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयुक्त आयोजनामा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ।

पुस २० देखि २२ गतेसम्म राजधानीका भृकृटीमण्डपमा आयोजना हुने यस प्रदर्शनीमा स्वदेशी तथा बिदेशी ख्याती प्राप्त ब्राण्डहरुका १०० भन्दा बढि स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र बिक्रेताले काठ व्यवसाय संग सम्बन्धित उत्पादनको बारेमा जानकारीसंगै नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी प्राप्त गर्न सकिने आयोज संस्थाले जनाएके छ।

बिगत ८ वर्ष देखी निरन्तर हुँदै आएको प्रदर्शनको यो नवौं संस्करणमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनको पाहुल्यता रहने बताइएकोछ ।

त्यस्तै प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्ने दावी सहित आयोजक संस्थाले प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा सोसाइटी अफ नेपालिज आर्कीटेक्ट, इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपाल, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ तथा नेपाल प्लाईउड उत्पादक संघ र ल्यानयार्ड पार्टनरको रुपमा फर्निचर हब रहेको जनाएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु