सोमवार, जेष्ठ ७, २०८१

नेपाल सुपर लिग: पोखरालाइ  पराजित गर्दै ललितपुर फाइनलमा

 काठमाडौं पुस १३,

अनुप प्रधान
नेपाल सुपर लिग अन्र्तगत विहिवार भएको दोस्रो क्वालिफायरमा खेलमा ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई अतिरिक्त समयमा दुई९एक गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।  मंगलबार भएको काठमाडौं रेजर्सविरुद्धको एलिमिनेटर जितेर क्वालिफायर प्रवेश गरेको ललितपुरको जितका लागि कुशल देउवाको गोलनै निर्णायक गोल बनेको थियो ।

 खेलको ३४औं मिनेटमा दोहोरो पहेंलो कार्ड पाउँदै मैदानबाट ललितपुरका निखिल कदम वाहिरिएसंगै दश खेलाडीमा समेटिएको ललितपुरका लागि पापा इबु केबेले दिएको पास बललाइ इमोह एजे केलले गोलमा परिणत गरेको हो ।

खेलको ७१औं मिनेटमा पोखराले गोल फर्काएपछि बराबरीमा पुगेको खेल अतिरिक्त समयमा पुगेसंगै ९९औं मिनेटमा सब्सिच्युट कुशलले गरेको गोलनै निर्णयक बनेको हो ।   अब   उपाधिका लागि ललितपुरले शनिबार धनगढी एफसीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930