सोमवार, बैशाख ३१, २०८१

कोरियन भाषा प्रशिक्षार्थीको आन्दोलन : प्रहरीले चलायो गोली, एक जनाको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं पुस १३,

रोजगारीमा जाने प्रयोजनका लागि कोरियन भाषा अध्ययन गरेकाहरूले ललितपुरको बालकुमारीमा गरेको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर एक जना आन्दोलनकारीको मृत्यु भएको छ र एक जना गम्भीर घाइते भएका छन्  ।

गोली लागेर गम्भीर घाइते भएका एक आन्दोलनकारीको किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छभने अर्का घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको थाहा  भएको छ ।

यस अघिआफूहरलाई भाषा परीक्षामा सहभागी नगराएको भन्दै आन्दोलित युवाहरूले शुक्रबार मध्याह्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी साथै सार्वजनिक बस तोडफोड गरेपछि उत्पन्न तनावको स्थिति नियन्त्रणमा प्रहरीले गोली चलाएको हो ।