सोमवार, जेष्ठ ७, २०८१

प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्नसक्ने प्रावधानलाई कांग्रेसले अवरोध नगर्ने

 काठमाडौं पुस १२,

नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठक पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीको प्रचार विभाग प्रमुख समेत रहेका कांग्रेस नेता मीनबहादुर विश्वकर्माले गठबन्धनका दलका शीर्ष नेताहरूसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीरू हेरफेर गर्न सक्ने बताउनुभएको छ।

त्यस्तै उहाँले मन्त्री हेरफेरको प्रधानमन्त्रीको अधिकार क्षेत्रभएका कारण प्रधानमन्त्रीले मन्त्रीलाई जुनसुकै बेलामा हेरफेर गर्न सक्ने प्रावधानलाई कांग्रेसले अवरोध नगर्ने बताउनुभयो ।

आजको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो भने समुदायमा कांग्रेस अभियानको कार्ययोजनाका सम्बन्धमा महामन्त्री गगन थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकलाई जानकारी गराउनु भएको    थियो ।

त्यस्तै बैठकमा पार्टीको सांगठनिक गतिविधि, महासमितिको तयारी, मेलमिलाप दिवस, समुदायमा कांग्रेस कार्यक्रम, मन्त्रालयका कार्यसम्पादन भएका विषयहरूमा मन्त्रीको धारणा सुन्ने र त्यसमाथि छलफल सुरू गर्ने काम भएको उहाँले जानकारी दिनुभयो ।   साथै आज पार्टीबाट सहभागी मन्त्रीहरूमध्ये स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफूले सरकारमा गरेका कामकारबाहीबारे बैठकमा जानकारी गराएको र बाँकी मन्त्रीहरूले शुक्रबार बस्ने बैठकमा जानकारी गराउने कार्यसूची रहेको बताउनुभयो ।

बैठकमा केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दिपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा। डिला संग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले आ–आफ्नो धारणा राख्नु भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिनभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930