मङ्लबार, जेष्ठ ८, २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वरामद सुनको वास्तविक तौल ६० किलो ७१६ ग्राम

काठमाडौ साउन ३०,
राजस्व अनुसन्धान विभागले गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट चेकजाँच भई बाहिरिएको अवस्थामा बरामद गरेको सुनको तौल ६० किलो ७१६ ग्राम रहेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । विभागले वरामद गर्दा ब्रेक सु सहितको तौल लिएका कारण सुनको तौल तौल १५५ किलो रहेको थियो ।

यसवीचमा टक्सार महाशाखाले मंगलबार राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरीको सीआईबी र नेपाल राष्ट्र बैंकका प्रतिनिधिको रोहबरमा ब्रेक सुबाट सुन छुट्याएर वरामद गरेको सुन गालेर तौल लिनेक्रममा सुनको वास्तविक परिणाम ६० किलो ७१६ ग्राम पुगेको महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभएको हो ।

 त्यस्ते  ब्रेक सुबाट अलग गरी पगालिएको सुनको गुणस्तर परीक्षणको काम समेत आजैबाट सुरु हुने जनाउँदै राष्ट्र बैंकले ३ देखि ७ दिनभित्र गुणस्तर प्रतिवेदन सार्वजनिक हुने जनाएको छ।
बरामद गरिएको सुन छापावाल पुष्टि भएमा आजको बजार मूल्यअनुसार ५७ करोड ९३ लाख ६२ हजार १३३ रुपैयाँबराबरको रहने जनाउँदै राष्ट्र बैंकले  सुन तस्करी प्रकरणमा १८ जना पक्राउ परेकामा हाल १७ जना सीआईबीको हिरासतमा छन् । एकजना हाजिरी जमानतमा रिहा भएका छन् । सुन तस्करीमा ३ विदेशी नागरिकको पनि संलग्नता खुलेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु