सोमवार, जेष्ठ ७, २०८१

सुन तस्करी प्रकरणमा पक्राउ परेका आरोपीहरूलाई १५ दिन थुनामा राख्नअनुमति

काठमाडौं साउन १४ ,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद एक क्विन्टल सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ।

प्रस्तुत प्रकरणमा आइतवार पक्राउ परेका ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङ सहित पक्राउ परेका १८ जनालाई उच्च अदालत पाटनले थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पक्राउ गरेको हो।

त्यस्तै पक्राउ पर्ने अन्यमा क्रमस भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, रूकमिना सुब्बा, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, सुरेन्द्र तामाङ र चिनियाँ नागरिक लिन जेछियाङ छन्।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु