सोमवार, जेष्ठ ७, २०८१

भ्रष्टाचारका अरू धेरै फाइल खुल्ने छ,यो कदम रोकिनेवाला छैन : प्रम प्रचण्ड

काठमाडौं साउन १४ ,
प्रधानमन्त्री प्रचण्डले आज काठमाडौंमा आयोजित समाजवादी विद्यार्थी मोर्चा घोषणा सभाको कार्यक्रमलाइ सम्बोधन गर्दै राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्ने विरुद्ध सरकारले जेहाद छेडिएको बताउदै यो कुनै आवेग र राजनीतिक स्टन्ट नभएको बताउनुभएको छ।

 त्यस्तै सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले भने पछिल्ला समय समाजवादी मोर्चा बनेपछि समाजवादी मोर्चाका नेताहरुका बीचमा पनि भ्रम सिर्जना गर्ने, अनेक खालको करसरतहरु भईरहेको भन्दै जुनसकुकै कोणबाट पनि सरकारले शुरु गरेको भ्रष्टाचार विरुद्धको लडाँईलाइ निस्तेज बनाउँन र मौजुदा गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्रबाट प्रयास समेत सुरु भएको बताउनुभयो ।

तर ती अदृष्य शक्तिकेद्र लक्षित हुँदै प्रम प्रचण्डले भने भ्रष्टाचारका अरू धेरै फाइल खुल्ने छ । यो कदम रोकिनेवाला छैन। अझै अगाडि बढ्ने बताउनुभयो । साथै उहाँले यो नेपाली जनताको हितका लागि सरकाले शुरु गरेको महाअभियानमा समाजवादी मोर्चाको समर्थन आवश्यक रहेको जनाउ सहित उहाँले सरकारको कदमलाइ साथ र सहयोग गर्न अपिल समेत गर्नुभयो ।

त्यस्तै उहाँले पछिल्लो समय सरकार जनता, युवा र नेपाल राष्ट्रको पक्षमा लडाई लडिहरको भन्दै आगामी मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउने बताउँदै उक्त ऐनले शिक्षा क्षेत्रको धेरै कुराहरुलाई सकारात्मक परिवर्तन दिने बताउनुभयो ।