मङ्लबार, जेष्ठ ८, २०८१

आजको प्रतिनिधिसभाको बैठकमा सांसद र प्रधानमन्त्री प्रचण्डवीच प्रत्यक्ष प्रश्नोत्तर हुने

 काठमाडौं असार ८,
आज बिहान ११ बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

त्यस्ते संसद सचिवालयले आज प्रकाशित संसदको संभावित कार्यसुचीमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत चार मन्त्रालय क्रमस संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालय, गृह, रक्षामन्त्रालय संगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि छलफल हुने उल्लेख गरिएको छ ।

यस्तै आजको बैठकमा सांसद योगेशकुमार भट्टराई, प्रेम सुवाल, प्रभु साह, सुमना श्रेष्ठ, सराज अहमद फारुकी, अमरेशकुमार सिंह, हरिप्रसाद उप्रेती र पदम गिरीले विभिन्न मन्त्रालयका लागि विनियोजित बजेट शिर्षकमाथि खर्च कटौतीको प्रस्ताव गर्ने कार्यतालिका समेत रहेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031