सोमवार, जेष्ठ ७, २०८१

सरकारी वकिलको जवाफी बहस लगत्तै थुनछेक आदेशको संभावना

नक्कली भुटानी शरणार्थी प्रकरण:

काठमाडौं असार १,
नक्कली शरणार्थी प्रकरणमा आजबाट जवाफी बहस सुरु हुने भएको छ । सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चार जना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् । जवाफी बहस शुक्रबार दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाटै निर्देशन दिइसकेका छन् ।

सरकारी वकीलको तर्फबाट बहस सकेपछि यसवीचमा भएको बहस र प्राप्त प्रमाणको आधारमा जिल्ला अदालतबाट पक्राउ परेका अभियुक्तहरुलाइ पूर्पक्षको लागि थुनामै राख्ने वा धरौटीमा छाड्ने भन्ने आदेश जारी हुन सक्ने प्रवल संभावना रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031