आइतवार, जेष्ठ ६, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सख्या १६ पुग्यो

भुटानी शरणार्थी नेता रिजाल र हज कमिटीका अध्यक्ष मियाँ पक्राउ

काठमाडौं जेठ ४,
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई दुई दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

यसअघि प्रस्तुत प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले वयानको क्रममा रिजालको संग्लनता देखाएसंगै उनलाइ पक्राउ गरिएको हो ।
उलाइ पक्राउ परेलगत्तै अदालतमा पेश गरिएको थियो। उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो। राईले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका छन्।

त्यस्तै नक्कली शरणार्थी प्रकरणमा मुछिएका हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्। मियाँलाइ आज बिहान सिंहदरबारभित्रै बाट पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ।