आइतवार, जेष्ठ ६, २०८१

पश्चिमी र स्थानीय वायुको प्रभाव: उपत्यकामा बिहानैदेखि वर्षा

काठमाडौं जेठ ४,

आज विहानै देखि काठमाडौं उपत्यकालगायत देशको पहाडी भू-भागका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ ।

पश्चिमी र स्थानीय वायुको सामान्य प्रभावका कारण क्षणिक तथा हल्का वर्षा भएको महाशाखाले जनाउँदै आज पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सफा रहेपनि कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भने मेघगर्जनरचट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै शुक्रबार कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू९भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहितको वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ ।