आइतवार, जेष्ठ ६, २०८१

नक्कली शरणार्थी प्रकरणमा फरार रहेको टोपबहादुर रायमाझी पक्राउ

 काठमाडौं बैशाख ३१,
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहँदै आएका नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयको  विशेष टोलीले उनलाई  बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।  रायमाझी पक्राउपरेसंगै  प्रस्तुत प्रकरणमा  पक्राउ पर्नेको सख्या  १३  पुगेको  छ ।

यसअघि आजैमात्र  कांग्रेसका नेता बालकृष्ण खाण र उनका सहयोगी नरेन्द्र केसी, पूर्वगृहसचिव एवं उपराष्ट्रपति कार्यालयका बहावाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १२ जना उपर  थपअनुसन्धानको लागि   ४ दिन अझै हिरासतमा राखेर अनुसन्धान गर्न  लागि काठमाडौं जिल्ला अदालतले म्याद थप गरेको  छ ।

  त्यस्तै यही प्रकरणमा नेपाली कांग्रेसका पूर्वसभासद आङतावा शेर्पा र पूर्वगृहमन्त्री रामवहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पनि आजै पक्राउ पुर्जी जारी गरिएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम करोडौं रकम असुल गरेको आरोपमा रायमाझी र उनको छोरा सन्दिप विरुद्ध   वैशाख २० मा पक्राउ पुर्जी जारी भएको थियो। रायमाझी सुपुत्र सन्दीप भने यसअघिनै बुटवलबाट  पक्राउ  परिसकेका छन्।