आइतवार, जेष्ठ ६, २०८१

राप्रपाले भुटानी शरणार्थी प्रकरणको विरोधमा जेठ ४ गते बसन्तपुरमा खबरदारीसभा गर्ने

काठमाडौं बैशाख ३१,
राष्ट्रिय प्रजातन्त्र पार्टीले भुटानी शरणार्थी प्रकरणको विरोधमा जेठ ४ गते संघीय राजधानीको बसन्तपुरमा खबरदारीसभा गर्ने भएको छ। सो प्रकरण र मुलुकमा विद्यमान भ्रष्टाचार र भ्रष्टाचारीहरूको विरोधमा खबरदारीसभा गर्न लागिएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीमा सञ्चारकर्मीहरूसँगको कुराकानीको क्रममा खबरदारीसभाको आयोजनाको जानकारी दिनुको अलावा नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनका लागि नेपाल प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइदिन पनि नेपाल सरकारसँग माग समेत गरेका छन ।

लिङ्देनले सो प्रकरणलाई स्वतन्त्र र निष्पक्ष ढंगले छानबिन गर्नका लागि नेपाल प्रहरीलाई वातावरण बनाइदिन नेपाल सरकार, नागरिक समाज र सञ्चार क्षेत्रसँग समेत आग्रह गर्दै प्रस्तुत प्रकरणमा संलग्नहरू ढिलोचाँडो सबै तानिने उल्लेख गर्दै उनीहरू कसैले पनि उन्मुक्ति पाउन नहुने बताए।

त्यस्तै राप्रपाले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको भावी कार्ययोजनाबारे छलफलका लागि सोमवार पार्टी केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ।