आइतवार, जेष्ठ ६, २०८१

पूर्वगृहमन्त्री बादलका सुपुत्र प्रतिक र काँग्रेसका पूर्व सभासद आङतावाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं बैशाख ३१,
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्‍न रहेको आरोपमा नेपाली कांग्रेसका पूर्वसभासद आङतावा शेर्पा र पूर्वगृहमन्त्री रामवहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पनि आज पक्राउ पुर्जी जारी गरिएको छ ।

यसअघि पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी भने फरार रहेका छन । त्यस्तै यसै प्रकरणमा पक्राउ परेको पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई थप अनुसन्धानका थप ४ दिनको म्याद थपिएको छ ।