बिहिबार, बैशाख २०, २०८१

नव निर्वाचित उपराष्ट्रपति यादवले आज शपथ लिदैँ

काठमाडौं चैत्र ६,
नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिदैछन । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा शपथ लिने कार्यक्रम रहेको छ ।

 यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल गतचैत ३ मा सकिएको छ ।