काठमाडौं फागुन १३,
आज विहान बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनाउँने भएका छन् । नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार पौडेललाई बनाउने निर्णय गरेसँगै उनी आठ दलका साझा उम्मेदवार बन्ने प्राय निश्चित भएको हो ।
यसवीचमा कांग्रेसमा राष्ट्रपतिका लागि अर्का नेता कृष्णप्रसाद सिटौलाको समेत दाबी रहेको थियो। तर पार्टी सभापति शेरबहादुर देउवा र अधिकांश पार्टी पदाधिकारी पौडेलको पक्षमा देखिएपछि पार्टीले उनैलाई राष्ट्रपतिको उम्मेदवार बनाउने नितिगत निर्णय गरेको हो । निर्वाचन आयोगले राष्ट्रपतिको उम्मेदवारी मनोनयनका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समयसिमा तोकेकोछ ।
काँग्रेस कार्य सम्पादन समितिको निर्णयसंगै शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीचको नयाँ गठबन्धनको बैठकले काँग्रेस उम्मेदवारलाइ राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरेसंगै रामचन्द्र पौडेल गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति बन्ने निश्चित भएको छ।