मङ्लबार, जेष्ठ १, २०८१

नुवाकोटको विदूरमा बस दुर्घटना : ३ को मृत्यु, २३ घाइते

 काठमाडौं फागुन ४,
नुवाकोटको विदूर नगरपालिका–१२ मा आज बस दुर्घटना हुँदा तीन जनाको मृत्यु संगै २३ जना यात्रुघाइते भएका छन् । विदूर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहतर्फ जाँदै गरेको बा२ख ८४५ नंको बस विदूर–१२ चैनपुरस्थित पिपलबोट भन्ने स्थानको उकालोमा यात्रु ओरालेर अघि बढ्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

त्यस्तै प्रहरीले बस दुर्घटनाको क्रममा दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको जनाउँदै मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका–६ भमराका अन्दाजी ६२ वर्षीय रामप्रसाद अर्याल, उनकी श्रीमती ६० वर्षीया सीतादेवी अर्याल र विदूर–३ का ५८ वर्षीय बाबुराम दर्जी रहेको जानकारी दिएका छन ।

त्यस्तै घाइतेमध्ये पाँच जनाको नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जानकारी प्रहरीले दिएका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031