आइतवार, जेष्ठ ६, २०८१

१ हजार दरको पाँच सय ६९ थान नक्कली नोट सहित तीन जना पक्राउ

बाँके फागुन ३,
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय बाँकेको सयुक्त टोलीले नेपाली १ हजार दरको ५ सय ६९ थान नक्कली नोट सहित तीन जनालाई मंगलबार पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा क्रमस ने कोहलपुर नगरपालिका ११ बस्ने ३३ वर्षीय मोहन कुमाई, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना रहेको जनाएको छ ।

त्यसतै नक्कली नोटको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा अप्रेशन ससञ्चालन गर्दा नक्कली नोट सहित फेला पारी पक्राउ गरेको जनाउँदै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।