शुक्रबार, जेष्ठ ४, २०८१

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक: रास्वपालाई सरकारमा सहभागी हुन आग्रह

 काठमाडौं माघ २७,   
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको आज बसेको बैठकले रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरेको छ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले सरकारलाई समर्थन गर्दै सरकारबाट वाहिरिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको हो

मुलत आजको बैठकमा सरकारको कामको समीक्षा, गठबन्धन दलबीचको आपसी शङ्का र विवाद समाधानका विषयसंगै राष्ट्रपति निर्वाचनसहित समसामयिक राजनीतिका विषयमा छलफल भएको छ। बैठकबाट बाहिरिने क्रममा नेताहरुले सञ्चारकर्मीहरुलाइ प्रतिक्रिया दिएका छन ।

त्यस्तै बैठकमा बैठकमा संयन्त्र संयोजक समेत रहेका एमाले अध्यक्ष केपी ओली, माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए भने जनमत र नागरिक उन्मुक्ति पार्टीका नेता अनुपस्थित रहेको थियो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031