बिहिबार, बैशाख २०, २०८१

चितवन २ मा ३४ हजार १६२ को मतान्तरमा रास्वपाका अध्यक्ष लामिछाने निर्वाचित

 काठमाडौं मंसिर ८
चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतान्तरमा निर्वाचित हुनुभएको छ । निर्वाचित लामिछानेले आफ्ना निकटतम प्रतिस्पर्धीलाइ ३४ हजार १६२ को मतान्तरमा पराजित गर्नुभएको हो ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा ९एमाले०का कृष्णभक्त पोख्रेलको १४ हजार ६४९ मत प्राप्त गर्दै गर्दा लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।