आइतवार, जेष्ठ ६, २०८१

आजपनि देशभर आंशिकदेखि सामान्य बदली हुने

 काठमाडौं साउन २४ ,
जल तथा मौसम विज्ञान विभागले मनसुनी प्रणालीको पछिल्लो प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जानकारी दिएको छ।

त्यस्तै विभागले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित हुँदा मनसुन केही कमजोर भए पनि यसवीचमा देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारीदिएको हो ।साथै विभागले यसवीचमा गण्डकी प्रदेश र कर्णाली प्रदेशका एकाध– स्थानमा भारी वर्षाको सम्भावना औल्याएको छ ।

त्यस्तै बुधबार पनि देशभर आंशिकदेखि सामान्य बदलीका साथै देशका पहाडी भू–भागका संगै बाँकी अन्य भू–भागका एकाध स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको  छ ।