आइतवार, जेष्ठ ६, २०८१

सूचनाको हकलाई निश्चित गर्न सञ्चारमाध्यमलाई थप चुस्त बनाउन आवश्यक : प्रम देउवा

 काठमाडौं साउन ११,
प्रधानमन्त्री शेरबहादुर देउवाले एक विशेष कार्यक्रमकावीच राष्ट्रिय समाचार समिति [रासस]को नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै विश्वमा सूचना तथा प्रविधिको द्रुतगतिमा भइरहेको विकासलाई दृष्टिगत गरेर सहज र आधुनिक माध्यमबाट नागरिकलाई सत्यतथ्य सूचना प्रकाशन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

त्यस्तै नागरिकको सूचनाको हकलाई निश्चित गर्न सञ्चारमाध्यमलाई थप चुस्त बनाउन आवश्यक रहको भन्दै उहाँँले सत्यतथ्य सूचना प्रसारण गर्न सकेमात्र लोकतन्त्र संस्थागत हुने अभिव्यक्ति सहित तथ्यहीन, भ्रामक समाचारले द्वेष फैलाउने मात्र नभइ नागरिकहरुमा भ्रामकता सिर्जना गर्ने भएकोले यता तर्फ तमाम सञ्चारमाध्यमले सकर्तकता अपनाउँन आवश्यक रहेको बताउनुभयो ।

साथै उहाँले वर्तमान सरकार नागरिकताको सूचनाको अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै प्रेस स्वतन्त्रताबाट मात्रै नागरिकको हक अधिकारसंगै लोकतन्त्रको पूर्ण सुनिश्चितता हुने बताउँनुभयो ।