आइतवार, जेष्ठ ६, २०८१

यस वर्षको एसईईको नतिजा सार्वजनिक

काठमाडौं साउन ११,
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यसअघि कोभिड महामारीको कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक गरेको वोर्डले यस वर्ष भने विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।

त्यस्तै नतिजा सार्वजनिकका लागि वोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा यसवर्ष भौतिक रुपमा २ हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी रहेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।

त्यस्तै यो वर्षको एसईईमा जीपीए तीन दशमलव ६ देखि चार ल्याउने परीक्षार्थीको सङ्ख्या ९ हजार ६३३ जना रहेको परीक्षा बोर्डले जनाउँदै सार्वजनिक एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सक्ने जनाएको छ ।