काठमाडौं जेठ २६,
यो मेरो डायरीमा मनका भावनाहरु लेखिदिन्छु
जिन्दगिका प्रेमका सबै कथाहरु यसैमा कोरिदिन्छु
सधै भरि यो जिन्दगीको लक्ष्य प्राप्तिमा ध्यान दिन्छु
मैले लिएका लक्ष्यका कथाहरु सबै लेखिदिन्छु
मेरो यो डायरी प्रियसी तिमिले पढिदिनु
मैले लेखेका प्रेमपुर्ण शब्दलाई अध्ययन गर्नु
एक छिन सोचेर तिमिलाई बिभिन्न प्रश्न गर्छु
मेरि प्राण प्यारि तिमि सँग रमाएर बस्छु
तिमिले शान्त मनले मेरो डायरी पढिदेउ प्रिय
हाम्रा कथाहरु समेटेर लेखेको डायरी सुरक्षित राख्नु प्रिय
गोबिन्द राज ओझा (राजन)
– दिपायल सिलगढी न.पा. २ दिपायल डोटी