आइतवार, जेष्ठ ६, २०८१

मुलुकको ७७ मध्ये ३७ जिल्लामा कोभिड सङ्क्रमितको सख्या शून्य

काठमाडौं जेठ २१,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको कोभिड अपडेट बुलेटिनमा दुई हजार १८४ जनामा कोभिड परीक्षण गर्दा १६ जनामा मात्र सङ्क्रमण पुष्टि भएको जनाएको छ।

त्यस्ते मन्त्रालयले देशभर पछिल्लो समय सक्रिय सङ्क्रमितको सङ्ख्या ११० रहेको जानकारी दिनुको अलावा यसवीचमा ९ जना संक्रमित कोभिड मुक्त भएको जनाएको छ ।

पछिल्लो समय सङ्क्रमणका कारण निधन हुनेको सख्यामा शून्य रहेको जनाएको छ भने मुलुकको ७७ मध्ये ३७ जिल्लामा शून्य सङ्क्रमित रहेको जानकारीदिएको छ। त्यस्तै शनिवारमात्र कोभिड विरुद्ध खोप लगाउँनेका सख्या एक लाख ८४ हजार ५२१ रहेको जनाएको छ।