सोमवार, जेष्ठ ७, २०८१

नार्गाजुन नगर प्रमुखमा दोस्रो कार्यकालका लागि बस्नेत निर्वाचित

काठमाडौं जेठ ७,

नागार्जुन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार  मोहन बहादुर बस्नेत दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ। निर्वाचित उम्मेदवार बस्नेतले आफ्ना निकटम प्रतिस्प्रर्धी एमालेका उम्मेदवार  नन्दन हरि गौतमलाई एक हजार ८१८ मतान्तरमा पराजित गर्दै दोस्रो कार्यकालका लागि स्थानीय जनताबाट अनुमोदित हुनु भएको हो ।

नेपाली काँग्रेस बागमती प्रदेशका उपसभापति समेत रहेका नार्गाजुन नगर प्रमुखमा निर्वाचित बस्नेतले १० हजार १८६ मत प्राप्त गर्दै गर्दा
े गौतमले ८ हजार ३६८ मत पाएका छन्। निर्वाचित उम्मेदवार बस्नेतलाइ प्रष्ट वक्ता विकास प्रमी एवम जनजनको मनमा बस्न सफल राजनैतिक व्यक्तित्वको रुपमा चिनिन्छ ।
त्यस्तै नगर उपप्रमुखमा भने सुशिला अधिकारीले ९ हजार ४७४ मत ल्याएर विजयी भएकी छिन ।