आइतवार, जेष्ठ ६, २०८१

आयोगद्दारा निर्वाचन लक्षित सवारी अनुमति मापदण्ड स्वीकृत

काठमाडौं बैशाख २३,
निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापनका लागि आवश्यक कार्यविधि सहितको मापदण्ड, २०७९’ स्वीकृत गरेको छ ।

आयोगले स्वीकृत गरेको मापदण्डअनुसार अत्यावश्यक सेवासँगै उम्मेदवार वा उम्मेदवार निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन चलाउन सवारी साधान प्रयोग गर्ने अनुमतिपत्र आयोगले, मुख्य निर्वाचन अधिकृत वा निर्वाचत अधिकृत तथा प्रमुख जिल्ला अधिकारीले तोकिएको ढाँचामा सवारी पास जारी गर्ने आयोगले जनाएको छ।

त्यस्तै यसरी जारी गरिने सवारी पासको लागि २८ वैशाखसम्ममा निवेदन दिइसक्नुपर्ने प्राप्त निवेदन उपर आवश्यक छनविन पनि पास जारी हुने आयोगले जनाएको छ ।