बिहिबार, बैशाख १३, २०८१

सत्ता गठबन्धनले आज काठमाडौँमा निर्वाचन केन्द्री संयुक्त चुनावी सभा गर्दै

[फाइल फोटो]

काठमाडौ वैशाख २३,
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन केन्द्रीत हुँदै पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौँमा संयुक्त चुनावी आमसभा गर्दैछ । आज दिउँसो १ बजे काठमाडौँको शान्तिबाटिकामा हुने सभामा गठबन्धनका शीर्षनेताले सम्बोधन गर्नुहुने काठमाडौं काँग्रेसका सभापति सवुज बानियाँले जानकारीदिनुभएकोछ ।

त्यस्तै उहाँले आजको सभामा कांग्रेसका सभापति शेरबहादुर देउवासंगै माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल र जनमोर्चाका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल सहित देशका विभिन्न भागमा गठबन्धन दलले आमसभाको कार्य सूची तय गरेको हो । यसैक्रममा बिहीबार चितवनमा आमसभा गरेका थिए ।