काठमाडौं बैशाख १०,
प्रहरी वृत्त स्वयम्भूले काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका ८ थान स्कुटर सहित चोरी कार्यमा संलग्न रहेको अभियोगमा ५ जना किशोरहरूलाई पक्राउ गरेको छ ।
प्रहरीले बुधबार १ जना किशोरलाई चोरी भएको १ थान स्कुटर सहित नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा काठमाडौंका विभिन्न स्थानबाट चोरी गरी स्कुटर लुकाई राखेको खुल्न आएपछि बिहीबार काठमाडौं महानगरपालिका १५ चौमतीस्थित सडकबाट चोरी भएका अन्य ७ थान स्कुटर सहित चोरी कार्यमा संलग्न ती किशोरहरूलाई पक्राउ गरेको हो ।
त्यस्तै पक्राउ परेको अभियुक्त उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।