मङ्लबार, बैशाख ११, २०८१

श्रीकृष्ण भजन मण्डललाइ बालगोपालको नयाँ सिंहासन उपहार

काठमाडौं बैशाख १०,
काठमाडौं महानगर पालिका वडा न.१९ ढोकाटोलस्थित श्रीकृष्ण भजन मण्डललाइ प्रत्यके वर्ष जन्माष्टिमीका दिन खटजात्रा गर्नका लागि बालगोपालको नयाँ सिंहासन उपलब्ध गराइएकोछ ।

यसअघि करिव २सय वर्ष पूरानो सिहासंनमा बालगोपाललाइ विराजमान गराउँदै जात्रा गर्ने गरिन्थ्यो । तर पछिल्लो समय पूरानो सिंहासन जिर्णभएसंगै स्थानीय दाता राजेन्द्र केसीको परिवारले आफ्ना पूर्वज, पूर्खाहरुको स्मृतिमा बालगोपाल मजन सञ्चालन संस्थाको अगुवाइमा उक्त सिंहासन उपलब्ध गराउनु भएको हो ।

शनिवार मजन मण्डल परिसरमा आयोजित एक संक्षिप्त कार्यक्रमकावीच दाता केसीले रु १ लाख ७५ हजार लागत मूल्य रहेको बालगोपालको नयाँ सिंहासन भजन मण्डलका अध्यक्ष दिपेन्द्रवहादुर श्रेष्ठलाइ हस्तान्तर गर्दै आफुले आफ्ना पूर्खाको स्मरणमा यस किसिमको सहयोग गर्न पाएको हर्ष व्यक्त गर्नुभयो । त्यस्तै सहयोगको वातावरण मिलाइदिने बालगोपाल भजन सञ्चालन संस्थाका सचिव सुजन झा लगायत सिङ्गो कार्यसमितिप्रति कृतज्ञता व्यक्त गर्नुभयो । साथैउहाँले भविष्यमा पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा सस्थाका सदस्य सुशिल राजराजोपाध्याले बालगोपालको नयाँ सिंहासन कसरी बन्यो भन्ने विषयमा प्रकाश पार्दै दाता दम्पतिप्रति आभार व्यक्त गर्नुभयो । दाता दम्पति र नयाँ सिंहासन बनाउँने शिल्पी मनिष ताम्राकार र समन्वयकर्ता सुजन झालाइ सम्मान समेत गरिएको उक्त कार्यक्रम बालगोपाल भजन संञ्चालन संस्थाका अध्यक्ष एवम् जेष्ठ नागरिक अम्बिका सिंहको सभापतित्वमा सम्पन्न भएको थियो।