शुक्रबार, बैशाख २१, २०८१

राजधानीमा सिनेमा पारखीहरुका लागि पृथक सुबिधा सहित दरवार सिने म्याक्स संचालनमा

काठमाडौं बैशाख ३,
अत्याधुनिक सेवा र सुबिधा सहित सिनेमा पारखीहरुको लागि  काठमाडौंको दरवारमार्गमा रहेको दरवार मलमा दरवार सिने म्याक्स संचालनमा आएको छ ।  गुण ग्रुपका प्रबन्ध निर्देशक दिप्रश शाक्यका अनुसार दरवारमार्गमा रहेको दरवार मल संगै सिनेमा पारखीहरुलाई पृथक सुबिधा दिने लक्ष्यले सिमित व्यक्ति हरुलाई मात्र सामेल गराएर चलचित्र देखाउने उदेश्यका साथ् नयाँ वर्षको अवसर पारी हल संचालनमा ल्याएको दरवार सिने म्याक्सका प्रबन्ध निर्देशक  शाक्यले जानकारी दिनुभयो ।

त्यस्तै गुण ग्रुपद्वारा निर्माण भएको दरवार मलमा संचालित दरवार सिने म्याक्स सिनेमाहल क्युएफएक्सले ब्यबस्थापन गरेको छ । त्यस्तै अत्याधुनिक साउण्ड सिस्टम स्क्रीन र अर्डर अनुसारको खाना र खाजा र वार सहितको सुबिधा सञ्चालनमा आएको दइवटा सिनेमा हलमध्ये एउटाको ५० र अर्कोमा ५३ जनाको सिट क्षमता रहेको जानकारी दिइएकोछ ।

सिनेमा हेर्न आउने दर्शकहरुलाई आफु बसेकै ठाउमा आफ्नो इच्छा अनुसारको खाजा र खाना र खाजा खादै सिनेमाको मज्जा लिन पाउने सुबिधा सहित व्यवस्थापन गरिएको प्रबन्ध निर्देशक शाक्यले बताउनुभयो । साथै सिनेमा हेर्दै मदिरा खाने हरुको लागि छुट्टै वारको व्यवस्था रहेको हलमा बियर सहित बिभिन्न मदिरा हरु सेवन गर्दै सिनेमा हेर्ने समेतको सुबिधा रहेको छ।

साथै सिनेमा हलमा दैनिक ९ वटा शो देखाइने र टिकटको मूल्य १००० देखि १२०० रुपैया सम्म निर्धारण गरीएको जानकारीदिइएको छ । स्मरण रहोस , विगत २५ बर्ष देखि ग्वार्कोमा गुण सिनेमा हलको अपार सफलतापछि पछिल्लो समय सोहि समूहको अगुवाइमा संचालनमा आएको दरवार सिने म्याक्सले पनि अपार सफलता पाउँने अपेक्षा गरिएको छ।