बिहिबार, बैशाख २०, २०८१

मालपोतका निमित्त प्रमुख ५ लाख रुपियाँ घुससहित रङ्गेहात पक्राउ

काठमाडौं चैत २८,
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झालाइ ५ लाख रुपियाँ घुससहित जनकपुरधामको भानुचोकबाट आज विहान पक्राउ गरेको छ ।

आयोगद्दाराजारी विज्ञप्तिमा जग्गाको हक सफा गर्ने मुद्दा फैसला गरिदिने भन्दै निमित्त प्रमुख झाले सेवाग्राहीसँग ५ लाख रुपियाँ माग गरेको जानकारी प्राप्त भएपछि आयोगको टोलीले उहाँलाई रङ्गेहात पक्राउ गरेको उल्लेख गरिएको छ।

त्यस्ते पक्राउ परेक अभियुक्त उपर आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ।