आइतवार, जेष्ठ ६, २०८१

स्थानीय तह निर्वाचन विवेकशीलले टुङ्गो लगायो महानगरको मेयर र उपमेयरका उम्मेदवार

काठमाडौ चैत २८,
आसन्न स्थानीय तहको निर्वाचन अन्र्तगत विवेकशील साझा पार्टीले काठमाडौँ महानगरपालिको मेयर र उपमेयरमा दुई महिला क्रमश समिक्षा बास्कोटा र कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरेको छ।

 विवेकशील साझाले देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ स राजधानीको गौरव पुनर्स्थापित गरौँ” नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय गरेकोपार्टी प्रवक्ता शरदराज पाठकले जारी गर्नु भएको विज्ञप्तिमा  उल्लेख  गरिएको छ।

त्यस्तै विज्ञप्तिमा काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी ३८ वर्षीय समिक्षा बास्कोटा विवेकशील साझा पार्टी, वागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य रहेको उलेख गरिएको छ।

त्यस्तै विवेकशीलले उपमेयरमा शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय केन्द्रीय सदस्य कीर्ति तुलाधर अघि सारेका जनाउदै दुबै उमेदवारले आफ्नो संयुक्त घोषणापत्र छिटै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने उल्लेख गरिएको छ। साथै घोषणापत्र मूलत भ्रष्टाचार नियन्त्रण, सुशासन र विद्युतीय यातायात नेवास् कला संस्कृतिको सम्वर्द्धन र पुनर्जागरण लगायतको मुद्धालाइ उठान गरिएको उल्लेख गरिएकोछ ।