आइतवार, जेष्ठ ६, २०८१

वितेको २४ घण्टामा २२ जनामा कोभिड संक्रमण

काठमाडौं  चैत १८, 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २५ सय १६ जनामा पीसीआर परीक्षण गर्दा १६ जना र १३ सय १९ जनाको एन्टिजेन परीक्षण गर्दा छ जना गरि २२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै यसवीचमा ७५ जना सङ्क्रमित संक्रमण मुक्त भएको जनाउदै सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको मन्त्रालयले जनाएको छ । साथै देशभर १० सय २२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।