आइतवार, जेष्ठ ६, २०८१

 प्रधानमन्त्री देउवा आज ३ दिने भारतकोऔपचारिक भ्रमणमा जाँदै

काठमाडौं  चैत १८, 

प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको शिलशिलामा आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन् । भारतीय समकक्षी को निमन्त्रणामा प्रधानमन्त्री देउवाले  मुलुकको   पाँचौंपटक प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त भएपछिको  पहिलो औपचारिक भ्रमण गर्न लागेको   हो ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे  करिव ५० सदस्यीय प्रतिनिधि मण्डकोको  ेतृत्व गर्दै  नयाँदिल्ली प्रस्थान गर्नेछ । सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । भ्रमणको  क्रममा   स्वदेश फर्कनुअघि प्रधानमन्त्रीले भारतको वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम मसेत  रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा देउवा का धर्मपन्ती    डा। आरजू राणा देउवासहित परराष्ट्रमन्त्री डा। नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीसंगै  सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मीको   सहभागीता रहने  छन् ।