बिहिबार, बैशाख २०, २०८१

गठबन्धन सरकार कांग्रेसको चाहना नभई मुलुकको आवश्यकता : नेता सिंह

काठमाडौ चैत ५,
काठमाडौं कांग्रेस क्षेत्र नं १० ले आयोजा गरेको पार्टीको संरचना र वर्तमान दायित्व विषयक प्रशिक्षण कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताउनुभएको छ । साथै उहाँले गठबन्धन सरकार कांग्रेसको चाहना नभई मुलुकको आवश्यकता भएको उहाँको भनाइ रहेको छ ।

त्यस्तै उहाँले केपी ओली नेतृत्वको सरकारले जनमतको अपमान गरी संविधानविपरीत गरेका कामकारवाही गर्दै मुलुकलाइ बन्धक बनाएसंगै त्यसको निकासका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार निर्माण भएको बताउदै तत्कालीन अवस्थामा मुलुकमा सिर्जित सङ्कट निवारणको लागि गठबन्धन सरकारको नेतृत्व कांग्रेसले गरेको बताउनुभयो ।

त्यस्तै नेता सिंहले आसन्न मुलुकको हरेक राजनीतिक परिवर्तनको नेतृत्वकर्ता कांग्रेस भएको बताउँदै आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको कार्यकर्ताको भावनालाई बुझेर गठबन्धनबारे निर्णय लिने बताउँनुभयो ।