आइतवार, जेष्ठ ६, २०८१

शुक्रबार बस्ने संसद बैठकको सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौं फागुन १२ ,
शुक्रबार बस्ने संसद बैठकको लागि संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । संघीय संसद्का महासचिव डा। भरतराज गौतमले शुक्रबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको हो।

सार्वजनिक कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/ ७८ पेश गर्नुहुनेछ।

त्यस्तै हर्को कार्यसूचीमा [एमसीसी] अनुदान सहायता सम्झौतामाथि छलफल हुने उल्लेख छ। उक्त प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।