आइतवार, जेष्ठ ६, २०८१

एमालेले आफ्ना मागको सम्बोधन नभएसम्म यथास्थितिमा सदनबाट एमसीसी अनुमोदन गर्न नदिने

काठमाडौं फागुन ९,
प्रमुख प्रतिपक्षीदल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले आइतवार सदनमा टेबल गरेको आफ्ना मागको सम्बोधन नभएसम्म यथास्थितिमा सदनबाट एमसीसी अनुमोदन गर्न नदिने बताएका छन् ।

एमालेको  प्रमुख माग भनेकानै पार्टीले कारवाही गरेका माधवकुमार नेपालसहित १४ जना सासंदलाइ पदमुक्त नगरेसम्म एमालेलेको तर्फबाट सदनमा जारी अवरोध कायमनै रहने र यसबीचमा बैठकमा पेस हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने जनाउ दिएका छन । आफूहरूको माग सम्बोधन भएलगत्तै एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्ने भन्ने विषयमा एमालेले निर्णय गर्ने उहाँको भनाइ रहेको थियो ।

सरकारले भने जस्तो  एमालेले संसद सचिवालयमा एमसीसी दर्ता गराएको भएपनि कांग्रेस र माओवादी केन्द्रले कार्यान्वयनको लागि सम्झौता गरेकोले आफुहरुको भूमिका गौण भएको प्रमुख सचेतक भट्टराईले बताए ।स्मरण रहोस, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एमसीसीको समर्थन वा विरोधमा खुलेर नबोले पनि आइतबार संसद बैठकमा पनि एमालेको विरोधकै बीच एमसीसी टेबुल भएको हो ।