आइतवार, जेष्ठ ६, २०८१

एमसीसीको अनुमोदनमा सत्तासाझेदार दलले सहयोग गर्ने काँग्रेस प्रवक्ताको विश्वास

काठमाडौं फागुन ९,
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदनमा सत्तासाझेदार दलहरुले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता महतले भने,जसरी एमसीसी टेबल गर्न सत्तासाझेदालदले सहयोग गर्नुभयो, त्यसरी नै अनुमोदन गर्न सहयोग गर्नुहुन्छ भन्ने काँग्रेसले विश्वास लिएको बताउनुभयो । यद्यपी १२ गते बस्ने संसद बैठमा उहाँहरु कसरी प्रस्तुत हुन्छन त्यो प्रस्तुतिले यसको फैसला हुने बताउनुभयो ।

त्यस्तै यसवीचमा काँग्रेसका शिर्ष नेताहरुले एमसीसी अनुमोदनका लागि सत्तासाझेदार दलहरुसँगै प्रमुख विपक्षीसँगको सम्वादलाइ घनिभुत रुपमा अगाडि बढाउने जनाउ सहित संवाद र सहकार्यबाट नै लक्ष्य प्राप्तिमा सहजता प्राप्ति हुने प्रवक्ता महतले बताउनुभयो । साथै उहाँले भने एकले अर्कोलाइ विस्वास गर्न सकेको खण्डमा सत्ता गठबन्धन थप मजवुत हुनेभन्दै प्रवक्ता महतले भने यसको निक्र्यौल उहाँहरुो प्रस्तुतिमा निर्भर हुने बताउनुभयो ।

त्यस्तै पूर्व परराष्ट्रमन्त्री समेत रहेका महतले एमसीसी परियोजनाका विषयमा नेपालका दुई मित्र शक्ति राष्ट्रहरुबीच वाकयुद्ध हुनु दुर्भाग्यपूर्ण रहेको भन्दै एमसीसीलाई आवश्यकताभन्दा बढी राजनीतिकरण गरिएको बताउदै ‘बीआरआईमा मैले नै सही गरेको हुँ भन्दै उहाँले भने नेपालको हित हुने कुनै पनि सहयोगलाई काँग्रेसले स्वागत गर्ने बताउँनुभयो ।