आइतवार, जेष्ठ ६, २०८१

थप ३८८ जनामा कोभिड सङ्क्रमण पुष्टि, ४ को मृत्यु

काठमाडौं फागुन ९,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ हजार २५५ जनाको पीसीआर परीक्षण गर्दा २४७ जना र २ हजार ९१५ जनाको एन्टीजेन परीक्षण गर्दा १४१ जना गरि ३८८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै यसवीचमा १२ सय ५ जना संक्रमित सङ्क्रमणमुक्त भएका छन् भने । सङ्क्रमणका कारण ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आज पहिचान भएका मृतकसंगै मुलुकमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२५ पुगेको छ । साथै नेपालमा हाल ११ हजार २८२ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।