मङ्लबार, जेष्ठ ८, २०८१

प्रतिनिधिसभाको बैठक ७ औ पटक सर्यो

काठमाडौँ फागुन १,
फागुन २ गतेका लागि तय भएको प्रतिनिधिसभाको बैठक फेरि फागुन ४ गते मध्यान्न १ बजे बस्ने गरि स्थगन गरिएको छ । संसद्का महासचिव डा भरतराज गौतमले आज एक सूचना जारी गर्दै फागुन २ गतेका लागि तय भएको प्रतिनिधिसभाको बैठक बुधबारका लागि सरेको जानकारी दिनुभएको हो ।

महासचिव गौतमले जारी गर्नुभएको सूचनमा विशेष कारणले पूर्व निर्धारित उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक सारिएको उल्लेख छ ।

यसघि प्रतिनिधिसभाको बैठक २०७८।९।१८ , ०९ । २२ ,०९ । २८ ,१० । ३ , १० ।१६ , १०। २६ र ११ । ०२ समेत गरि ७ पटक पूर्व निर्धारित बैठक स्थगन भइसेकेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031